जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

धिरज र उपासनाकाे जोडी  लिएर ‘खुस्मा’ निर्माण घोषणा

काठमाडौँ – प्रेमकथामा आधारित फिल्म ‘खुस्मा’ बन्ने भएको छ । फिल्ममा अभिनेता धिरज मगर र उपासना सिंह ठकुरीको अभिनय रहने छ ।

माघे संक्रान्तिको अवसर पारेर फिल्मको निर्माण घोषणा गरिएको  यस फिल्ममार्फत अभिनेता धिरज र उपासना पहिलो पटक सहकार्य गर्दै छन्। 

एम मिडिया प्रालिको ब्यानरमा निर्माण हुनेछ। फिल्मलाई गोविन्द शाहीको काफिया फिल्म्सले वितरण गर्नेछ। फिल्म विभिन्न ९ वटा अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा पुरस्कृत भइसकेका अशोक थापा मगरले निर्देशन गर्ने छन् । 

फिल्ममा धिरज र उपसनासँगै अस्तित्व भट्टचन, खड्कबहादुर पुन.अरुण मगर लगायत कलाकारको अभिनय रहनेछ। 

बेताने मगर, चन्द्र भट्टचन र सुस्मिता बुढाथोकीको लगानी रहने फिल्ममा एस डी योगीले सुरेन्द्र राना तथा राम अविरल विष्टको गीतमा संगीत दिनेछन् भने दिपक बज्राचार्य छायांकार रहनेछन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?