जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

‘रङ्गेली’को इन्ट्रो टिजर सार्वजनिक,यस्ताे रुपमा दया,अर्पण र मिरुना

काठमाडौँ – नेपाली चलचित्र ‘रङ्गेली’को इन्ट्रो टिजर सार्वजनिक गरिएको छ ।

१ मिनेट ३८ सेकेण्ड लामो टिजरमा दयाहाङ राई, अर्पण थापा र मिरुना मगरलाई हालसम्म देखिएको भन्दा फरक अवतारमा प्रस्तुत गरिएको छ । 

टिजरमा अभिनेता द्वय दयाहाङ र अर्पणलाई दुश्मनको रूपमा चित्रण गरिएको छ भने अभिनेत्री मिरुनालाई शान्त स्वभावमा थारु युवतीको रूपमा देखाइएको छ ।

फागुन २५ गते महाशिवरात्रिको दिन विश्वव्यापी रिलिज हुने यस फिल्मलाई अर्जुन सुवेदीले निर्देशन गरेका छन्। सुवेदी नै यसका लेखक हुन्। ‘रङ्गेली’मा अर्पण, दयाहाङ, मिरुना सहित प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतको प्रमुख भूमिका छ।

फिल्मका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन सिंहको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?