जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

के खाना खाएपछि ग्रीन टी पिउनु राम्रो हो ?

काठमाडौं – ग्रीन टी एक यस्तो सुपर पेय हो, जुन हाम्रो प्रतिरक्षा प्रणालीको लागि अमृत भन्दा कम छैन। यो तौल घटाउनको लागि मात्र फाइदाजनक छैन, तर ग्रीन टी पिउनाले कोलेस्ट्रोल र पुरानो रोगहरू कम गर्न पनि मद्दत गर्दछ। धेरै मानिसहरुले यसलाई स्वस्थकर मानेर बारम्बार ग्रीन टी पिउने गर्छन् ।

के हामीले खाना खाएपछि ग्रीन टी पिउने हो भने स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ? मानिसहरुमा प्रायः यो प्रश्न हुन्छ कि हामीले कहिले ग्रीन टी पिउने, धेरै मानिसहरु खाना खाने बित्तिकै ग्रीन टी पिउन थाल्छन्। भारी खाना खाएपछि ग्रीन टी पिउने हो भने स्वास्थ्यका लागि निकै फाइदाजनक हुने गर्छ । हरियो चियाले खाना पचाउन मद्दत गर्छ, यसको एन्टिअक्सिडेन्ट र क्याटेचिनले मेटाबोलिजम बढाउँछ र पाचन प्रणालीलाई बलियो बनाउँछ। तर, हल्का खानापछि ग्रीन टी पिउनु हुँदैन ।

अब आउछ दिनमा कति पटक ग्रीन टी पिउने ? भन्ने कुरा त्यसैले ग्रीन टी पिउने सबैभन्दा राम्रो समय कसरत अघि हो, किनभने यसले तपाईंलाई तत्काल ऊर्जा दिन्छ। यति मात्र होइन, हरियो चियाले मेटाबोलिज्म दर र फ्याट बर्निङ पनि बढाउँछ। यद्यपि, कुनै पनि पेयले तपाईंलाई तौल घटाउन मद्दत गर्न सक्दैन, सन्तुलित आहार र स्वस्थ जीवनशैली जिउन धेरै महत्त्वपूर्ण छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?