जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

काठमाडौँ बन्यो विश्वकै सर्वोत्कृष्ट पर्यटकीय गन्तव्य

काठमाडौँ– राजधानी शहर काठमाडौँ विश्वकै सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्यको सूचीमा परेको छ । पर्यटनसम्बन्धी साइट ट्रिप एडभाइजरले जारी गरेको सर्वोत्कृष्ट प्राकृतिक गन्तव्यको सूचीमा काठमाडौँ शीर्ष स्थानमा परेको छ ।

ट्रिप एडभाइजरले काठमाडौँ उपत्यकामा ऐतिहासिक स्थलहरु, प्रचिन मन्दिर, मठ र अद्भूत गाउँहरु रहेको उल्लेख गरेको छ ।

ट्रिप एडभाइजरले काठमाडौँ आउने पर्यटकहरुलाई स्थानीय मानिस र जनवारसँग घुलमिल हुन, दरबार क्षेत्रका सम्पदाको अवलोकन गर्न वा ठमेलका पदयात्रीसँग सामेल हुन सल्लाह दिएको छ । त्यसबाहेक स्थानीय कलाकारका पसल घुम्न पनि काठमाडौँ आउने पर्यटकलाई ट्रिप एडभाइजरले सल्लाह दिएको छ ।

यस सूचीको दोस्रो स्थानमा भियतनामको हालोङ बे, तेस्रोमा इजिप्टको हुर्गाहडा, चौथोमा मौरिसस, पाचौँमा इण्डोनेशियाको लोम्बोक परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?