जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

रहेनन् क्यानडेली अभिनेता डोनाल्ड सदरल्याण्ड

काठमाडौँ – लामो समयदेखि रोगसँग लडिरहेका क्यानडेली अभिनेता डोनाल्ड सदरल्याण्डको निधन भएको छ ।

डोनाल्डको जुन २० मा निधन भएको अभिनेताका छोरा किफर सदरल्याण्डले पुष्टि गरेका छन् । सामाजिक सञ्जालमा एक नोट लेख्दै किफरले भारी मनको साथमा आफूले पिताको मृत्यु भएको खबर बताइरहेको उल्लेख गरेका छन ।

किपर पनि अभिनेता नै हुन । यी बाबु छोराले म्याक्स डुगन रिटन्र्स, फोर्सकेन र ए टाइम टु किल जस्ता फिल्ममा साथै काम पनि गरेका छन् ।

द डर्टी डजन, म्याश, क्लुट, द हङ्गर गेम्स र डोन्ट लुक नाउलगायत फिल्ममा गरेको अभिनयले डोनाल्डलाई आइकन बनाएको हो । आधा शताब्दी लामो अभिनय जीवनमा उनले झन्डै २०० फिल्ममा काम गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?