जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

रक्सी ठानेर विषादी पिउँदा पन्जाबी अभिनेता रणदीपसिंह भंगुको निधन

काठमाडौँ – विषादी सेवन गर्दा पन्जाबी फिल्मका चर्चित अभिनेता रणदीपसिंह भंगुको निधन भएको छ । 

भारतीय सञ्चारमाध्यमका अनुसार ३२ वर्षीय अभिनेता भंगुले मदिरा सम्झेर विषादी पिउन पुगेको बताइएको छ। 

प्रहरीको प्रारम्भिक अनुसन्धानमा अभिनेता भंगुले केही समयदेखि मदिरा पिउने गरेको खुलेको छ । शनीबार पनि मदिरा पिएर लठ्ठ भएका उनले उनले खेतमा मोटरसाइकलमा राखिएको विषादीको बोतललाई मदिरा सम्झेर पिए।

यसपछि उनको स्वास्थ्य अवस्था बिग्रन थाल्यो। उपचारका लागि तुरुन्तै अस्पताल लगिए पनि उनको मृत्यु भयो।

भंगुको असामयिक निधनले पन्जाबी फिल्म उद्योग शोकमा डुबेको छ। उनको आज दिउँसो १२ बजे चुहाड माजरा गाउँनजिकै रहेको श्री चमकौर साहिब (रोपर) मा अन्तिम संस्कार गरिने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?