जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

जहिर इकबालसँग आज वैवाहिक बन्धनमा बाँधिँदै सोनाक्षी

काठमाडौँ – बलिउड अभिनेत्री सोनाक्षी सिन्हा र जहिर इकबाल आज विवाह बन्धनमा बाँधिँदै छन् ।

आज शुरुमा दुवैले इन्गेजमेन्ट गर्नेछन् । त्यसपछि विवाह दर्ता गर्ने बताएका छन् । यसपछि आज साँझ शिल्पा शेट्टीको मुम्बईको दादरस्थित रेष्टुरेन्ट बस्टनमा रिसेप्सन पार्टी हुने बताइएको छ ।

आज हुने रिसेप्सन पार्टीमा वेब सिरिज ‘हिरामाण्डी’ को सम्पूर्ण स्टार कास्ट पनि सहभागी हुने बताइएको छ ।

सोनाक्षी सिन्हाको विवाहअघि शनिबार साँझ उनको घर ‘रामायण’मा पूजाको आयोजना गरिएको थियो । सोनाक्षीकी आमा पुनम सिन्हाको उपस्थितिमा यो पूजा सम्पन्न भएको थियो ।

सोनाक्षी र जहीर ७ वर्षदेखि रिलेशनशिपमा छन् । दुबैको पहिलो भेट सलमान खानको पार्टीमा भएको थियो । केही समयको मित्रतापछि दुवै जना सम्बन्धमा आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?