जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

मिस अमेरिका बनिन वायु सेनाकी सेकेन्ड लेफ्टिनेन्ट मार्स

काठमाडौं । अमेरिकी सेनाकी सेकेन्ड लेफ्टिनेन्ट म्याडिसन मार्स मिस अमेरिका २०२४ को विजेता बनेकी छन्। आइतबार राति फ्लोरिडामा भएको स्पर्धामा उनले सो उपाधि हात पारेकी हुन्।

मार्स हार्वर्ड केनेडी स्कुलमा पब्लिक पोलिसी विषयकी विद्यार्थी पनि हुन्। सो उपाधि जित्ने वायु सेनामा सेवारत पहिलो व्यक्ति पनि हुन् उनी। स्पर्धामा अमेरिकाका ५० राज्य र डिस्ट्रिक्ट अफ कोलम्बियागरी ५१ जना सहभागी थिए। मार्स मिस कोलोराडो हुन्।

उनले आफूलाई विमान उडाउन, पास्ता पकाउन र पढ्न मनपर्ने बताएकी छन्। अमेरिकी वायु सेनाले उनलाई बधाई दिएको छ। यसअघि सो ताज विस्कन्सिनकी ग्रेस स्टेन्कको शिरमा थियो।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?