जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

बूढानीलकण्ठको नारायणथानमा २ करोडको लागतमा फिटजोन सञ्चालन

काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाले २ करोडको लागतमा नारायणथानमा फिटजोन फिट्नेस एन्ड जिम सञ्चालनमा ल्याएको छ। महानायक राजेश हमालले फिटजोनको आज सोमबार एक कार्यक्रमबीच उद्घाटन गरे।

विनोद वज्राचार्य र सुधा बानियाँको संयुक्त लगानीमा फिटजोन सञ्चालन गरिएको हो। फिटजोन सञ्चालन गर्न करिब २ करोड खर्च भएको वज्राचार्यले जनाएका छन्।

विनोद र सुधानै फिटजोनका प्रशिक्षक पनि हुन्। फिटजोनमा जिम, कार्डियो, साउना, स्टिम, जुम्बा एरोबिक्स, किक बक्सिङ, योगालगायतका सुविधा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?