सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ – आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । सोमबार सुन प्रतितोला ३ सयले बढेर तोलाको १ लाख ४२ हजार ३ सयमा कारोबार भएको छ । 

यस अघि आइतबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजारमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ४१ हजार ६ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलाको ५ रुपैयाँले बढेर प्रतितोला १८२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?