जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

घट्यो डिजेल र पेट्रोलको मूल्य

काठमाडौं– नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य समायोजन गरेको छ । । निगमले पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर एक–एक रुपैयाँ घटाएको हो ।

नयाँ मूल्य मंगलबार बिहान १ बजेदेखि लागू भएको छ । सोमबार इन्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएको थियो ।

नयाँ मूल्य सूचीअनुसार अब पेट्रोलको पहिलो वर्गका लागि प्रति लिटर १६३.५० रुपैयाँ, दोश्रो वर्गका लागि १६५ रुपैयाँ र तेश्रो वर्गका लागि १६६ रुपैयाँ मूल्य तोकिएको छ ।

त्यस्तै डिजेल र मट्टितेलको पहिलो वर्गको लागि प्रतिलिटर १५३.५०, दोस्रो वर्गमा १५५ र तेस्रो वर्गमा १५६ रुपैयाँ निर्धारण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?