जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

किन दुख्छ टाउको ? हुन सक्छन् यस्ता धेरै कारण

टाउको दुखाइको महसुस गर्नु भएको छ भने यो अत्यन्त नै पीडादाइ हुन्छ ।

टाउको दुखाइ अत्यन्त पीडादायी र टन्किने खालको हुन्छ । यो टाउकोको कुनै एक भाग वा पुरै टाउकोको भाग दुख्न सक्छ ।

टाउको दुख्नु आफैमा रोग होइन । यो कुनै पनि रोगको लक्षण हो ।

टाउको विभिन्न कारणले दुख्छ । घाममा हिँड्दा वा काम गर्दा र पानी कम हुँदा पनि टाउँको दुख्छ । कहिलेकाही ज्वरो आउँदा पनि अचाक्लि टाउको दुख्छ ।

कहिलेकाही तनावका कारण पनि टाउको दुख्छ ।

त्यस्तै अर्को किसिमको टाउको दुखाइ हुन्छ । जसले मस्तिकमा वा धमनीमा समस्या उत्पन्न हुन्छ र टाउको दुख्छ । अत्याधिक औषधिले पनि टाउको दुख्छ ।

ग्याष्ट्रिकको कारणले पनि टाउको दुख्छ। उच्च रक्तचापको कारणले पनि टाउको दुख्छ। उच्च रक्तचापको औषधि खानेहरुलाई औषधि नखाएको बेलामा अथवा उच्च रक्तचाप हुन सुरु गर्‍यो भने पनि टाउको दुख्छ ।

आँखाको समस्या भयो भने टाउको दुख्छ। कसैले टाढाको हेर्न सक्दैन कसैले नजिकको हेर्न सक्दैन। नजिकको हेर्न खोज्दा स्ट्रेस हुन्छ टाढाको हेर्दा पनि त्यस्तै हुन्छ। यसले गर्दा आँखाको नशाहरु तन्किन्छ। जसले गर्दा टाउको दुख्छ। यसको लागि सामान्य चश्मा लगायो भने ठीक हुन्छ। कतिपय अवस्थामा आँखाको जाँच गराउनुपर्छ ।

डिप्रेशनको कारणले पनि टाउको दुख्छ। राति निन्द्रा परेन भने भोलिपल्ट टाउको दुख्छ। यस्तो बेला टाउको भारी हुन्छ। त्यसैले निन्द्रालाई ध्यान दिनुपर्छ । आराम गर्नुपर्छ । आवश्यक मात्रामा निदाउनुपर्छ ।

सामान्य रूघा खोकी र पिनासले पनि टाउको दुख्ने समस्या हुन्छ। बढी चिसो भयो भने र बढी गर्मी भयो भने माइग्रेनको कारणले टाउको दुख्छ ।

सामान्य रूपको टाउको दुखाइको समय परिवर्तन हुँदै गयो भने चिकित्सकको सल्लाह लिनुपर्छ । जस्तै, बिहान मात्र दुख्ने टाउको बेलुका पनि दुख्न थाल्यो, कम दुख्ने टाउको बढी दुख्न थाल्यो भने सावधानी अपनाउनुपर्छ ।

निरन्तर टाउको दुख्ने समस्या भयो भने पछि गएर दिमागमा पानी जम्ने, ट्युमर पलाउने, रगत जम्ने लगायतका सम्भावना उमेरअनुसार बढ्दै जान्छ । उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्टेरोल भएका बिरामीले टाउको दुखाइमा विशेष सावधानी अपनाउनुपर्छ ।

टाउको धेरै दुखेको भए टाउकाको सीटी स्क्यान वा मस्तिष्कको एम।आर।आई। वा लम्बर पंक्चर ९मेरूदण्ड र मस्तिस्क वरिपरि को तरल पदार्थ को परीक्षणका लागि० सँगै शारीरिक परीक्षण र विगतका कुराहरूको जानकारी लिनुपर्छ।

अन्य रोगका कारण हुने टाउको दुखाईको उपचार सम्बन्धित रोग अनुसार गरिन्छ। जस्तैः ब्याक्टेरीयाबाट हुने मेनिन्जाइटिस र पिनासका लागि एन्टिबायोटिक। उच्च रक्तचापका लागि रक्तचाप नियन्त्रण, मस्तिष्कमा जमेको पीप वा टयूमरका लागि शल्यक्रिया।

औषधि के खाने

बिरामीले प्रायस्जसो औषधि पसलमा गएर दुखाइ कम गर्ने औषधि किनेर खाने गर्छन् । औषधिको नकारात्मक असर तथा कडा प्रभावबारे प्रायस्जसो मान्छेलाई थाहा हुँदैन । त्यसैले चिकित्सकको सरसल्लाह अनुसार औषधि खानुपर्छ ।

सामान्य टाउको दुखेको बेला प्यारा सिटामोल खान सकिन्छ । एकदेखि दुई वटा सिटामोल खाएमा केही हुँदैन । एक पटकमा बढीमा दुई वटा खान सकिन्छ । प्रत्येक ६ घण्टामा दुई वटा चक्की खान सकिन्छ । तर यो क्रमलाई निरन्तरता दिनु हुँदैन। यो सधै खानु हुँदैन । टाउको दुखेको बेला मात्रै खाने हो तर सधै दुखिरह्यो भने चिकित्सकको सल्लाह लिनुपर्छ ।

कहिलेका काही सामान्य कारणले दुख्यो भने मात्रै यस्तो गर्न सकिन्छ। प्यारासिटामोलले कुनै साइड इफेक्ट गर्देन यसले किड्नीलाई पनि असर गर्देन तर यो सधै प्रयोग गर्नु हुँदैन ।

सकेसम्म टाउक दुखेको भन्दै ब्रुफीन खानु हुन्न यसले असर गर्छ। यसको प्रयोग गर्दा अलि धेरै ध्यान दिनुपर्छ। ओपोइ ड्रग्स,कोडीनहरु प्रयोग गर्नेले यसलाई छोड्दा पछि समस्या पर्छ ।

माइग्रेनको कारणले दुखेको टाउकोको उपचार भने चिकित्सककै निगरानीमा गर्नुपर्छ। माइग्रेनका कारण दुखेको टाउकोका लागि डिप्रेशनको औषधि र छारे रोग लाग्दा प्रयोग हुने औषधी दिइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?