जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

फिल्ममा ‘कमब्याक’ गर्ने तयारीमा सुरज सिंह ठकुरी

काठमाडौँ – चर्चित प्रस्तोता तथा कलाकार सुरज सिंह ठकुरी फिल्म ‘एक्लो’बाट पुनरागमन गर्ने तयारीमा छन् । 

मंगलबार इन्स्टाग्राममार्फत उनले आफू पाँच वर्षपछि फिल्ममा कमब्याक गर्न लागेको जानकारी दिएका हुन् । 

पछिल्लो पटक उनी सन् २०१९ मा फिल्म ‘सभर लभ लेखकको भूमिकामा देखिएका थिए । त्यसयता टेलिभिजन कार्यक्रममा बढी व्यस्त रहेका उनी अब साइन्स–फिक्सन फिल्म ‘एक्लो’मा काल पात्रको भूमिकामा देखिनेछन् । 

प्रदीप शाहीको निर्देशनमा बन्न लागेको यो फिल्म आगामी भदौपछि छायांकन शुरु हुने बताइएको छ ।

शाइ प्रोडक्सन नेपालको ब्यानरमा निर्माण हुन लागेको यस फिल्ममा सुरजसँगै प्रदीप खड्का, विजय लामा, बेनिशा हमाल, सुनिल थापा, दीया पुन, कविता नेपाली, एवनराज उप्रेती, बेलायती अभिनेता जेमी बेकन लगायतको पनि अभिनय रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?