जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

मोडल वाच: सुरविना कार्की

जोयनेपाल
0
Shares

मोडल तथा कलाकार सुरविना कार्कीले अभिनय गरेका म्युजिक भिडियोले पछिल्लो समय चर्चा कमाएका छन् । उनी अभिनित म्युजिक भिडियो ‘के माया लाग्छ र’ बोलको गीतमा सुरविना र मुकुन भुसालको जोडी देख्न सकिन्छ ।

यो गीतले चर्चा कमाएपछि सुरविनाको पनि लोकप्रियता बढेको छ । सुरविनाले हिन्दी म्युजिक भिडियोमा पनि अभिनय गरेकी छिन् । उनले अभिनय गरेको ‘लुकिछिपी’ बोलको म्युजिक भिडियो पनि दर्शकले रुचाएका थिए ।

‘झेली’, ‘लुकामारी’ लगायतका फिल्ममा अभिनय गरेकी सुरविनाको अभिनय रहेको फिल्म ‘लप्पन छप्पन २’ प्रदर्शनका क्रममा छ । आफ्नो ग्ल्यामर अवतारका कारण समेत सुरविना चर्चामा आउने गर्छिन् । सामाजिक सञ्जालमा उनको ग्ल्यामर रुपको चर्चा हुने गर्छ ।

जोय नेपालका लागि यी तस्वीर कुबेर डंगोलले खिचेका हुन् ।