जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

कार्टुनिष्ट मिश्रले बिहीबारदेखि एकल कार्टुन चित्र प्रदर्शनी गर्ने

काठमाडौं – कार्टुनिष्ट रवि मिश्रले एकल कार्टुन चित्र प्रदर्शनी गर्ने भएका छन् । नयाँ बानेश्वरस्थित एनबी सेन्टरमा रहेको उमोजा क्याफेमा उनले आगामी बिहिबारदेखि ‘डिपेक्सन’ नाम दिएर १० दिने एकल प्रदर्शनी गर्ने लागेका हुन्।

सञ्चारमाध्यमबाट भइरहेको एकल संवादलाई दोहोरो बनाउन प्रदर्शनीमार्फत आउने निर्णय गरेको उनले बताए । १७ वर्षदेखि विभिन्न अखबार तथा म्यागेजिनमा करिब तीन हजार कार्टुन प्रकाशित गरिसकेका मिश्रले पहिलोपटक एकल प्रदर्शनी गर्न लागेका हुन् ।

‘अखबारमा प्रकाशित भएका विभिन्न काटुर्नमध्ये केही यस प्रदर्शनीमा राखिने छन् । मिश्रले कार्टुन आफ्ना लागि चित्र मात्रै नभएर विचार, भावना र हाँसो व्यक्त गर्ने माध्यम रहेको बताए ।

अखबारका कोलममा नअटाउने कतिपय विषय मिश्रले प्रदर्शनीमार्फत प्रस्तुत गर्दैछन् । ‘मैले अखबारका कोलममा नअटाउने कतिपय विषयलाई दर्शक समक्ष पुर्‍याउने माध्यमका रुपमा यो प्रदर्शनीलाई लिएको छु,’ उनले भने ।

प्रदर्शनीस्थल उमोजा क्याफेका निर्देशक लीलाराम खड्काले पत्रिका र आर्ट ग्यालरीमा देखाइँदै आएको कार्टुनलाई नियमित स्पेसबाट बाहिर ल्याउने प्रयास रहेको बताए । मिश्र कार्टुनिस्ट क्लब अफ नेपालका महासचिवसमेत हुन् । व्यंग्य चित्रसँगै उनी व्यंग्य लेखनसमेत गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?