जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

‘मिस्टर एण्ड मिस विश्वकर्मा इन्टरकन्टिनेन्टल २०२४’ बने सन्ध्या र सरोज

काठमाडाैँ- ‘मिस्टर एण्ड मिस विश्वकर्मा इन्टरकन्टिनेन्टल–२०२४’ को उपाधि क्रमशः सरोज सुनार र सन्ध्या विश्वकर्माले जितेका छन् ।

शुक्रबार काठमाडौँमा भएको फिनालेमार्फत उनीहरुले उपाधि चुमेका हुन् । महिलातर्फ जेसिका घिमिरे फर्स्ट रनरअप र आकृति घतानी सेकेन्ड रनरअप बने भने पुरुषतर्फ राजेन्द्र दुतराज र सिर्जन विश्वकर्मा क्रमशः फर्स्ट रनरअप र सेकेन्ड रनरअप बनेका छन् ।

प्रतियोगितामा काठमाडौंसँगै इटहरी, धादिङ, बुटवल, पोखरा, चितवन लगायत विभिन्न जिल्लाका २५ जना प्रतियोगीले अन्तिम प्रस्तिस्पर्धा गरेका थिए भने चार प्रदेशबाट ‘मिस्टर एण्ड मिस विश्वकर्मा’का उपाधि जितेका चार जना महिला पुरुषको सहभागिता थियो ।

कार्यक्रम आयोजक संस्था बिब्रोस् इन्टरटेनमेन्टका अध्यक्ष समेत रहेका सञ्जय विश्वकर्माले ‘मिस्टर एण्ड मिस विश्वकर्मा इन्टरकन्टिनेन्टल’ विश्वकर्मा समुदायको युवाहरुका लागि मञ्च निर्माण गर्नुपर्छ भन्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको बताए ।

विश्वकर्मा समुदायको युवा यस मञ्चले प्रतिभा निखार्दै उनीहरुको उज्ज्वल भविष्य निर्माणमा सहयोग पुर्‍याउने उनको भनाइ छ । फिनालेमा विजेताहरुलाई ‘गिफ्ट ह्याम्पर’ प्रदान गरिएको थियो । त्यस्तै बि एण्ड सी कम्पनी दुवईले विजेतालाई सात दिनको दुबई भ्रमण गराउने घोषणा समेत गरेको छ ।

मोडल तथा कोरियोग्राफर सञ्जय विश्वकर्माको कोरियोग्राफीमा सम्पन्न प्रतियोगितामा फिनाले चर्चित मोडल तथा कोरियोग्राफर दिक्पल कार्कीले होस्ट गरेका थिए । त्यस्तै अलिशा गहजराजले पनि कोरियोग्राफीमा सघाएकी थिइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?