जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

बलिउड अभिनेता शत्रुघन सिन्हा अस्पताल भर्ना 

काठमाडौँ – बलिउडका दिग्गज अभिनेता शत्रुघन सिन्हा अस्पतालमा भर्ना भएका छन् । छोरी सोनाक्षी सिन्हाको विवाहको केही दिन पछि बुवा शत्रुघन सिन्हा अस्पताल भर्ना हुनुपरेको छ ।

बिहेपछि शत्रुघ्न सिन्हा आफ्नो घरको डाइनिङ रुममा लडेको बताइएको छ । चोट लागेपछि उनलाई मुम्बईको कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा भर्ना गरिएको छ । 

टाइम्स नाउको रिपोर्ट अनुसार शत्रुघनको करङमा गहिरो चोट लागेपछि अस्पताल भर्ना गरिएको छ । सुरुमा उनलाई सामान्य उपचार गरिएको भएपनि उनको पीडा बढेपछि अस्पताल भर्ना गरिएको रिपोर्टमा उल्लेख गरिएको छ ।

७७ वर्षीय सिन्हा हालै सम्पन्न भारतको लोकसभा निर्वाचनमा त्रिणमूल कांग्रेसबाट चुनाव जितेर सांसद समेत बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?