जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

नेपालमै पहिलो पटक रोबोटबाट शल्यक्रिया

काठमाडौँ– रोबोटबाट नेपालमै पहिलो पटक शल्यक्रिया सम्पन्न गरेको छ । आइतबार ललितपुरको बीएण्डबी अस्पतालमा पहिलो पटक रोबोटबाट शल्यक्रिया गरेको हो ।

रोबोटिक प्रक्रियाबाट अस्पतालमा एकैदिन तीन जनाको शल्यक्रिया गरिएको हो । अस्पतालका अनुसार आइतबार मात्रै एक ५२ वर्षीया महिलाको पाठेघर, ३१ वर्षीया महिलाको ओभरीको सिस्ट र अर्की ३४ वर्षकी महिलाको पाठेघरको ट्युमर निकालिएको हो ।

वरिष्ठ प्रसुती तथा स्त्री रोग विशेषज्ञ डाक्टर नुतन शर्माले रोबोटबाट सो तीन महिलाको शल्यक्रिया गरेकी हुन् । हालसम्म तीन जना बिरामीको डिस्चार्ज भइसकेको अस्पतालले जनाएको छ ।

रोबोटिक शल्यक्रियालाई भारतको मोरदावादस्थित एपेक्स अस्पतालकी निर्देशक डाक्टर लिना मेहरोटाले स्क्रिन शेयर गरेर अनुगमन गरिरहेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?