जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

फिल्म

‘बोक्सीको घर’ ब्लकबस्टर भएपछि केकी भन्छिन्– सामाजिक विषयमा अर्को फिल्म बनाउँछु

काठमाडौँ– निर्मात्री तथा अभिनेत्री केकी अधिकारीले निर्माण गरेको चलचित्र ‘बोक्सीको घर’ ले दर्शकको अपार माया पायो । बोक्सी प्रथामा आधारित यो फिल्म गत वैशाख १४ गतेदेखि प्रदर्शनमा आएको थियो ।

नेपालमा मात्र नभएर विदेशका विभिन्न स्थानमा समेत प्रदर्शन गरिएको यो फिल्मले उत्साहजनक व्यापार गरेको छ भने नेपालमा ५१ औँ दिन मनाउन सफल भएको छ । फिल्मको सफलताबाट हौसिएकी निर्मात्री केकी अधिकारीले अब अर्को फिल्मको तयारी थालेको बताएकी छिन् ।

जोय नेपालसँगको कुराकानीमा उनले ‘बोक्सीको घर’ को सफलताबाट निकै उत्साहित भएको र अब छिट्टै अर्को फिल्मको तयारी थाल्ने बताइन् ।

‘यो फिल्मबाट दर्शकको अपार माया पाएपछि निकै हौसला मिलेको छ, फिल्म नचलेको भएपनि म अर्को प्रोजेक्टको तयारीमा त जोडिन्थेँ, केही ढिलो हुन सक्थ्यो, लगानी जुटाउनुपर्ने हुन्थ्यो’ उनले भनिन्, ‘यो फिल्म हिट भएपछि मलाई अर्को फिल्म निर्माणको लागि पनि सहज भएको छ, यसका लागि तयारी थालिसकेकी छु ।’

उनले आगामी फिल्म पनि सामाजिक कथामा आधारित रहने समेत बताइन् । साथै उनले फिल्मका लागि उत्कृष्ट स्किृप्टको खोजी गरिरहेको र त्यसका लागि लेखकसँग भेट गरिरहेको पनि बताइन् ।

‘अर्को प्रोजेक्टको तयारी भइरहेको छ, सामाजिक कथा नै होस् भन्ने चाहना छ,’ उनले भनिन् ।

‘बोक्सीको घर’ मा सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको छ । फिल्ममा केकी अधिकारीका अलावा सुपला अधिकारी, स्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सविन बास्तोला लगायतका कलाकारको अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?