जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

फिल्म ‘ईश्वर’ मार्फत कमब्याक गर्दै अनु शाह

काठमाडौँ – अभिनेत्री अनु शाह फिल्म ‘ईश्वर’ फिल्ममा कमब्याक गर्दै छिन् ।  करिब ५ वर्षपछि उनले अभिनय गरेको यो फिल्म आगामी साउन ११ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ ।

अनुले डेढ दशकको करियरमा लगभग दुई दर्जन फिल्म अभिनय गरेकी छन् ।  ईश्वर राजु गिरीको निर्देशन रहेको फिल्म हो ।

फिल्ममा पृथ्वीराज प्रसाई, अनु शाह, ध्रुव थापा, सुनिल थापा, बुद्धि तामाङ, सबिन बास्तोला, माओत्से गुरुङ, रविन्द्र झा, कृष्टि गुरुङ, शिशिर वाङ्देल, गीता अधिकारी, कृष्टि गुरुङलगायतको अभिनय छ । 

दिव्या कंगना फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा हरिबहादुर थापाले निर्माण गरेका हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?