जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

पूर्वराजा ज्ञानेन्द्र शाहले गरे रौतहटको महादेव मन्दिरमा पूजाआजा

रौतहट । पूर्वराजा ज्ञानेन्द्र शाहले मंगलबार रौतहटको मध्यभाग शिवनगरस्थित महादेव मन्दिरमा पूजाआजा गरेका छन्। निर्धारित समयभन्दा करिब एक घण्टा ढिलो पुगेका पूर्वराजा ज्ञानेन्द्र शिवनगर चौकबाट पैदल हिँडेर मन्दिरसम्म पुगेका थिए।

सो क्रममा बाटोको दुवैतर्फ बसेका हजारौं समर्थकले फूलमालाले भव्य स्वागत गरेका थिए। पूर्वराजा ज्ञानेन्द्रले समर्थकको हातबाट माला र पुष्प गुच्छा लिएका थिए। उनी मन्दिरमा पूजा गर्ने क्रममा हजारौं समर्थकहरूले राजाआउ देश बचाउ भनेर नारा लगाएका थिए।

उनको स्वागतमा शिवनगर चौकमा बनाइएको गेटमाथि राखिएको ब्यानर उनी आउनु एक घण्टाअघि प्रहरीले हटाएको थियो। मन्दिर छेउको ब्यानर प्रहरीको हटाउन प्रयास स्थानीयको विरोधपछि हटाएनन्।

प्रहरी स्रोतका अनुसार ब्यानरमा राजा र अवैध संविधान लेखिएकाले हटाइएको थियो। पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा झण्डै १० हजार मानिसको सहभागिता रहेको अनुमान गरिएको छ।

पूर्वराजा करिब ३० मिनेटपछि फर्किएका थिए। उनले सम्बोधन गरेनन्। उनको सुरक्षामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति रहेको थियो। रौतहट प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले सुरक्षाको नेतृत्व गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?