के हो औषधिको पछाडि हुने रातो धर्काको अर्थ ?

हामीमध्ये कतिपयले याद गरेका हुँदैनौं कि कुनै औषधिमा विशेष संकेत पनि हुन्छ भनेर ।

तपाईँले एकप्रति ट्याब्लेट औषधिको पछाडि हेर्नुभयो भने अधिकांशमा रातो धर्का देख्न सक्नुहुन्छ, दुखाइ कम गर्ने कडा औषधि र एन्टिबायोटिक्समा विशेष गरी यस्तो संकेत कोरिएको हुन्छ ।

यसरी औषधीमा कोरिएको रातो धर्काको अर्थ  हो – डाक्टरको सुझाव वा प्रेसक्रिप्सन बिना खान नहुने । 

खासमा यो रातो धर्सा भएको औषधि मेडिकल पसलहरूमा पनि डाक्टरको सुझाव लेखिएको पत्रबिना बेच्न पाइँदैन त्यसैले ध्यान पुर्‍याउनुहोस्, चेतावनी सहित आएको औषधि यसै खाँदा ज्यानलाई राहतको साटो जोखिम बढ्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?