जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

अन्तर्राष्ट्रिय व्यान्डविथ खरिदका लागि टाटा र भारती एयरटेलसँग टेलिकमको सम्झौता

काठमाडौं – नेपाल टेलिकमले अन्तर्राष्ट्रिय व्यान्डविथ खरिद गर्ने भएको छ । जसका लागी टेलिकमले टाटा र भारती एयरटेलसँग सम्झौता गरेको छ।

कम्पनीले गत चैत १६ मा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामार्फत २०० जीबीपीएस व्यान्डविथ खरिदका लागि टेन्डर आह्वान गरेकोमा यी दुई कम्पनीले सारभूतरुपमा प्रभावग्राही भई व्यान्डविथ उपलब्ध गराउने जिम्मेवारी प्राप्त गरेका हुन्।

यस अनुसार टाटाले आवश्यक व्याण्डविथको ६० प्रतिशत र भारती एयरटेलले ४० प्रतिशत व्यान्डविथ उपलब्ध गराउने छन्। यस अघि एयरटेल, टाटा र चाइना टेलिकममार्फत उपलब्ध रहेको व्यान्डविथमा थप व्यान्डविथ उपलब्ध हुनेछ। सो सम्झौता तीन वर्षको रहेको छ र थप वर्षमा व्यान्डविथ थप हुने प्रावधान रहेको छ।

टाटासँग गत भदौ १३ मा सम्झौता भएको थियो भने एयरटेलसँग गत पुस ५ गते सम्झौता सम्पन्न भएको टेलिकमको न्यूजलेटरमा उल्लेख छ। गत पुस ५ गते भएको सो सम्बन्धी सम्झौतामा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी ‘अर्याल’ र एयरटेलको तर्फबाट डीजीएम( सेल्स भरत गुलाटीले हस्ताक्षर गरेको नेपाल टेलिकमले जनाएको छ।

हाल खरिद हुँदै आएको व्यान्डविथको दर भन्दा निकै नै कम दरमा उपलब्ध हुने भएकोले कम्पनीको खर्चमा कटौती हुन जाने र सेवाग्राहीलाई सस्तो दरमा सेवा उपलब्ध गराउन समेत सहज हुने टेलिकमको विश्वास छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?