‘सिकन्दर’को हिस्सा बन्दै ‘बाहुबली’ का कटप्पा

काठमाडौँ – सलमान खानको आगामी फिल्म ‘सिकन्दर’मा ‘बाहुबली’का कटप्पा पनि देखिने भएका छन् । 

अहिले छायाकनमा रहेको यो  महत्वाकांक्षी प्रोजेक्टमा ‘बाहुबली’ फ्रेन्चाइजमा कटप्पाको भूमिका गरेर लोकप्रिय सत्यराजले हालै ज्वाइन गरेका हुन् ।

निर्माता कम्पनीले सामाजिक सञ्जालमार्फत यो कुराको घोषणा गरेको हो । सलमान खान र रश्मिका मन्दानाको शीर्ष भूमिका रहेको ‘सिकन्दर’ आगामी वर्षको इदमा रिलिज गर्ने लक्ष्य छ ।

यो फिल्ममा बलिउड फिल्म निर्माता साजिद नाडियावाला, अभिनेता सलमान खान र निर्देशक एआर मुरुगडोस सहकार्य गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?