जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

माइक्रोसफ्टद्वारा कोपाइलट प्रो सार्वजनिक,के के छन् सुविधा ?

काठमाडौँ – माइक्रोसफ्टको एआई टुल कोपाइलट प्रो भर्सनमा सार्वजनिक भएको छ । यसअघि निःशुल्क रहेको कोपाइलटको यो भर्सनको शुल्क भने मासिक २० अमेरिकी डलर तोकिएको छ । 

माइक्रोसफ्टका अनुसार कोपाइलट प्रो माइक्रोसफ्ट ३६५ का ग्राहकका लागि उपयुक्त हुन्छ । उनीहरूले ३६५ एप्समा कोपाइलटलाई आफ्नो व्यक्तिगत प्रयोजनका लागि प्रयोग गर्न सक्छन् ।

यसको प्रयोग माइक्रोसफ्ट अफिस वर्ड, एक्सेल र पावरपोइन्टमा डकुमेन्ट ड्राफ्ट गर्न, इमेल समराइज गर्न, प्रिजेन्टेसन बनाउन लगायतका काम गर्न सकिने छ भने ड्याल ई–३ को सहयताले फोटो जनेरेट गर्न सक्ने छन् ।

कोपाइलट प्रोबाट प्रिमियम एआई फिचरको प्रयोग, माइक्रोसफ्ट ३६५ एप्समा प्रयोग र उच्चस्तरीय फोटो सिर्जना गर्न सकिने माइक्रोसफ्टले जनाएको छ ।

कम्पनीले यो टुल कहिलेदेखि खरिद गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिइसकेको छैन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?