झरीको समय र खीर खानुका फाइदा

खीर दूधमा चामल हालेर तयार गरिने खाद्य परिकार हो। यसको नेपाली समाजमा विशेष महत्त्व छ। 

रोग प्रतिरोधात्मक क्षमता हुने भएकाले पनि खीर खानु स्वास्थ्यकर छ। झरीको समयमा विभिन्न सङ्क्रामक रोग लाग्ने गर्छ। जसबाट बच्न दूधबाट बनेको खीर खानु एक उपाय नै हो ।

दूध र चामल मिश्रित खीरलाई मात्रा अनुसार मिसाइने चिनी, घ्यु, सुख्खा फल आदिले स्वादिलो र पोसिलो बनाउँछ। चामलमा कार्बोहाइड्रेट पाइन्छ भने दूध क्याल्सियम र प्रोटिनको राम्रो स्रोत हो।

चिल्लो ननिकालिएको दूधबाट बनाएको खीरमा पर्याप्त मात्रामा क्यालोरी पाउन सकिन्छ। गाईको दूधबाट बनाएको खीरबाट हामीले भिटामिन ‘ए’ पाउन सक्छौँ। 

खीर बनाउँदा हालिने घ्युले हाम्रो शरीरमा चाहिने फ्याटको मात्रा पूरा गर्छ। खीरमा सुख्खा फल मिसाउँदा भिटामिन, मिनरल (खनिज) जस्ता तत्त्व पाउन सकिन्छ। 

खीर नरम खाना भएकाले चिल्लो निकालिएको वा घ्यु नहालेको खीर बिरामीलाई  खुवाउन सकिन्छ। बिरामीले खीर नरम हुने भएकाले सजिलै पचाउन सक्छन्। 

खीर बच्चा, वृद्ध सबैलाई  उपयुक्त खानेकुरा हो। तर, दूध र चिनी खान नहुने मान्छेले खीर पनि खानु हुँदैन। ग्यास्ट्रिकका बिरामीले थोरै  मात्रामा खान उपयुक्त हुन्छ। 

पाचन प्रणाली कमजोर भएका बेला चिल्लो रहित दूध र चामलबाट बनेको खीर खुवाउँदा पचाउन सजिलो हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?