जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

‘द साबरमती रिपोर्ट’ गर्दै ‘टुवेल्थ फेल’ ‘फेम्ड’ विक्रान्त

काठमाडाैँ– ‘टुवेल्थ फेल’ मा लिड रोलमा रहेका विक्रान्त मैसी अहिले चर्चाको शिखरमा छन् ।

गत बर्ष प्रदर्शनमा आएको विनोद चोपडाको यो फिल्मले पनि दर्शकको मन जितिरहेको छ । जुन सफलताले विक्रान्तलाई सानो पर्दाबाट ठूलो पर्दाको यात्रा समेत सहज गराइदिएको छ । 

अब उनी एकता कपुरको फिल्म ‘द साबरमती रिपोर्ट’ मा मुख्य भूमिकामा देखिने छन् । उनीसँगै राशि खन्ना समेत यस फिल्ममा देखिने छिन् भने मे ३ मा यो फिल्म रिलिज हुने छ ।

रन्जन चन्देलको निर्देशन रहेको  ‘द साबरमती रिपोर्ट’ बारे निर्माताले एक भिडियो शेयर गर्दै एउटा नसुनिएको कहानीको साथमा इतिहासको उजागर गर्न तयार रहन आग्रह गरेका छन् । 

फिल्ममा ‘जवान’ फेम्ड अभिनेत्री रिद्धि डोगराको समेत महत्वपूर्ण भूमिका रहने छ । यसको निर्माता शोभा कपुर,एकता कपुर र अमूल वी मोहन तथा अन्शुल मोहन रहेका छन् । 

सन् २००२ फेब्रअरी २७ मा गुजरातको गोधरा स्टेशनमा भएको घटनाबाट फिल्म प्रेरित छ । जति वेला साबरवती एक्सप्रेस ट्रेनको एउटा वोगीमा अराजक भीडले आगो लगाइदिएको थियो ।

जस कारण अयोध्याबाट फर्किरहेका ५९ जनाको मृत्यु भएको थियो भने यहीबाट पुरै गुजरातमा दङ्गा भड्किएको थियो । सो दङ्गाबाट थप १२ सय जनाको ज्यान गएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?