जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

एप्पल बन्यो सन् २०२३ को अग्रणी स्मार्टफोन विक्रेता कम्पनी

काठमाडौँ – आईफोन निर्माता कम्पनी एप्पल सन् २०२३ मा सर्वाधिक स्मार्टफोन विक्रेता बनेको छ । आइडीसीको पछिल्लो प्रतिवेदन अनुसार सामसङलाई पछि पार्दै एप्पल स्मार्टफोनको अग्रणी विक्रेता कम्पनी बनेको हो । 

आईफोन निर्माताले अन्तिम क्वाटरमा ८०.५ मिलियन डिभाइसहरू ढुवानी गर्दै रेकर्ड कायम गरेको र एक वर्षमा कुल २३४.६ मिलियन ढुवानी गरेको छ।

यता सामसङले भने चौथो त्रैमासिकमा ५३ मिलियन डिभाइसहरू मात्रै ढुवानी गरेको छ । यो सहित उसले वार्षिक रूपमा कुल २२६.६ मिलियन ढुवानी पुर्‍याएको छ।

सन् २०१० पछि पहिलो पटक सामसङ बाहेक अन्य कम्पनीले कडा प्रतिस्पर्धात्मक बजारमा शीर्ष स्थान दाबी गरेको हुनाले यो एउटा टर्निङ प्वाइन्ट भएको उल्लेख गरिएको छ।

आईडीसीका अनुसार, एप्पलको सफलताको मुख्य कारण यसको हाई–एन्ड डिभाइसहरूको माग हो, जसले हाल बजारको २० प्रतिशत भन्दा बढी योगदान पुर्‍याएको छ। 

त्यस्तै यो सूचिमा शाओमी तेस्रो स्थानमा रहँदा ओप्पो चौथो र ट्रान्सन पाँचौ नम्बरमा छन् । उनीहरूले क्रमशः १४५.६ मिलियन १०३.५ मिलियन र ९४.९ मिलियनको विक्री गरेका छन् । 

यद्यपी, समग्र स्मार्टफोन बजार भने उकालो लाग्न सकेको छैन। सन् २०२३ मा विश्वव्यापी ढुवानी ३.२ प्रतिशत वार्षिक दरमा घट्दै १.१७ बिलियन एकाइमा कायम हेको छ।

बजारले सुरुवातमा आर्थिक चुनौती र इन्भेन्टरी समस्याहरू को सामना गरेको थियो भने दोस्रो आधा भागमा रिकभरीको संकेतको साथ अन्तिम क्वाटरमा ८.५ प्रतिशतको वृद्धि भएको उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?