क्याब सेवा प्रदान गर्ने ओलाले शुरु गर्‍यो आफ्नै म्याप

काठमाडौँ – छिमेकी देश भारतको क्याब राइडहेलिङ कम्पनी ओलाले आफ्नै म्याप्सबाट सेवा शुरु गरेको छ ।

एप मार्फत क्याब सेवा प्रदान गर्ने ओलाले यसअघि गुगल म्याप प्रयोग गर्ने गरेकोमा अब आफ्नै म्यापिङमार्फत सेवा दिन शुरु गरेको हो।

भर्खरै ओलाले माइक्रोसफ्टको एजुर प्लेटफर्म पनि छोडेको थियो । गुगल म्यापको सेवा छाड्दा वार्षिक १०० करोड रुपैयाँ बचत हुने कम्पनीले जनाएको छ।

ओलाको इलेक्ट्रिक भेहिकल इकाई ओला इलेक्ट्रिकले भारतीय बजारमा इलेक्ट्रिक स्कुटरहरू समेत उत्पादन गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?