जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

स्वास्थ्य सेवामा मेयर हमालको फड्को : नागरिकको पहुँच बढाउँदै धनगढी

कैलाली–कैलालीको धनगढी उपमहानगरपालिकाले स्वास्थ्य सेवामा नागरिकको पहुँच बढाउँदै लगेको छ ।

पछिल्लो समय उपमहानगरले ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ कार्यक्रम सञ्चालन गरेर नागरिकको स्वास्थ्य सेवामा पहुँच बढाएको हो ।

उपमहानगरले आर्थिक अभावले उपचार गर्न नसक्ने गरिब तथा विपन्न नागरिकलाई घरदैलोमा पुगेर निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा दिने उद्देश्यले गत आर्थिक वर्ष २०७९–८० को साउनदेखि सुरु गरेको उक्त कार्यक्रम प्रत्येक महिना १९ वटै वडामा सञ्चालन गर्दै आएको उपमहानगरका स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले जानकारी दिए ।

वडा स्वास्थ्य क्लिनिकमा एक जना जनरल फिजिसियन र एक जना स्त्री तथा प्रसूति रोग विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य सेवा दिँदै आइएको अवस्थीले बताए । 

अवस्थीका अनुसार चालु आवको साउनदेखि पुस मसान्तसम्म छ महिनामा यक्त कार्यक्रममार्फत १७ हजार पाँच सय ३१ जनाले निःशुल्क उपचार सेवा लिएका छन् ।  

क्लिनिकमा प्रयोगशाला, अल्ट्रासाउण्ड, इसिजी, फिजिसियन, स्त्री तथा प्रसूति रोग, निजी अस्पतालसँगको समन्वयमा आँखा, दाँत, हाडजोर्नी, मानसिकलगायतका रोगसम्बन्धी सेवा  दिइरहेको उपमहानगरले जनाएको छ । 

उपमहानगर प्रमुख गोपाल हमालले आर्थिक अवस्था कमजोर भएर स्वास्थ्य उपचारबाट वञ्चित भएका नागरिकलाई लक्षित गरी ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ कार्यक्रम सञ्चालन गरिएको बताए ।

“ग्रामीण क्षेत्रमा कतिपयको कुखुरा बेचेर उपचार गर्नुपर्ने अवस्था छ । यो सेवा त्यस्ता नागरिकका लागि लक्षित गरी सञ्चालन गरेका हौँ” मेयर हमालले बताए ।  यो सेवालाई अझै विस्तार गर्दै लगिने उनको भनाइ थियो ।

गत आवमा वडा स्वास्थ्य क्लिनिकबाट ३५ हजार छ सय १९ महिला र १० हजार ७० पुरुष गरी ४५ हजार छ सय ८९ जनाले सेवा लिएका प्रमुख हमालले जानकारी दिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?