जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

नरहाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत र लेखापालविरुद्ध मुद्धा दायर

काठमाडौँ – सिराहाको नरहा गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत र लेखापालविरुद्ध मुद्धा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन प्रमुख प्रशासकीय अधिकृत भवेश कुमार झा र लेखापाल सुरेश कुमार कुसियैतले औषधि खरिद गर्दा अनियमितता गरेको आरोपमा विशेष अदालतमा मुद्धा दायर गरेको छ । अख्तियारले झा र कुसियैतलाई जनही ६ लाख २० हजारको बिगो तोकेर मुद्धा दायर गरेको छ ।

अख्तियारले भनेको छ, ‘गाउँ कार्यपालिकाको कार्यालयले नियोमेड इन्टरनेशनलसँग खरिद गरेको जम्मा ५७ प्रकारका औषधिजन्य मालसामानहरूको नियम विपरित भुक्तानी आदेश र जिन्सी दाखिला प्रतिवेदन विना नै आपूर्तिकर्ताले पेश गरेको बिल बमोजिमकै सम्पूर्ण रकम आपूर्तिकर्तालाई भुक्तानी गरी ५७ प्रकारका औषधिजन्य मालसामानहरू मध्येबाट रु ६,२०,०९६। बराबरका औषधिजन्य मालसामानहरू वितरण नगरीरनगराई औषधिजन्य मालसामानहरू हानिनोक्सानी गरेरगराएको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा रु।६,२०,०९६। ‘छ लाख बीस हजार छयानब्बे रुपैयाँ’ बिगो कायम गरी मुद्धा दायर गरिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?