जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

शिल्पीमा असार २७ देखि ‘युगको साँचो’ मञ्चन हुने

काठमाडाैँ- असार २७ देखि साउन १९ सम्म बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा नाटक ‘युगको साँचो’ मञ्चन हुने भएकाे छ ।

अंग्रेजी नाटक ‘चार्ली एन्ड द चकलेट फ्याक्ट्री’लाई टंक चौलागाईंले परिमार्जन र निर्देशन गरेका हुन् । निर्देशक चौलागाईंका अनुसार विदेशिएका युवाहरुलाई राेक्न बन्द रहेका कलकारखानाहरु सुचारु गर्नुपर्ने सन्देश नाटकले दिएकाे छ ।

माइकल चेखोभ नेपाल र स्कूल थिएटर नेपालको प्रस्तुतिमा मञ्चन हुन गइरहेकाे नाटकमा आकांक्षा कार्की, शीला निरौला, रारा ज्योति पोखरेल, सेविता अधिकारी, उषा भट्ट, प्रतीक दुलाल, पुष्पराज अवस्थी, विजय नेपाल, श्रीधर गौतम, अनु लकान्द्री, अंशिका जोशी, कश्यप ज्ञवाली र अभिनित चौलागाईंकाे अभिनय रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?