जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

आदिकवि भानुभक्त पुरस्कार स्वामी ज्ञानानन्द सरस्वतीलाई प्रदान गरिने

काठमाडौँ – आदिकवि भानुभक्त पुरस्कार महेश सन्न्यास आश्रम देवघाटका पिठाधीश १००८ स्वामी ज्ञानानन्द सरस्वतीलाई प्रदान गरिने भएको छ ।

नेपाली शिक्षा परिषद्ले आदिकवि भानुभक्त आचार्यको २११औँ जन्मजयन्तीका अवसरमा उक्त पुरस्कार प्रदान गर्न लागिएको हो । उक्त पुरस्कारको राशि रु एक लाख २५ हजार रहेको छ ।

परिषद्का अध्यक्ष रमा शर्माको अध्यक्षतामा बसेको बैठकले उक्त पुरस्कार सरस्वतीलाई प्रदान गर्ने निर्णय गरेको परिषद्का सदस्य–सचिव लक्ष्मण थापाले जानकारी दिए । उक्त पुरस्कार भानुभक्तको जन्मजयन्तीका अवसरमा यही असार २९ गते प्रदान गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?