जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

यम बराल र विश्व नेपालीको स्वरमा ‘साथी’को भिडियो सार्वजनिक

काठमाडौं – यम बराल र विश्व नेपालीको स्वरमा रहेको गीत ‘साथी’ सार्वजनिक भएको छ । बुधबार विश्वज्योती हल जमलमा आयोजित एक कार्यक्रमकाबीच भिडियो सार्वजनिक गरिएको हो ।

भिडियोमा सन्जीत भण्डारी र मेग सुवेदीको अभिनय छ । भिडियोमा बाल्यकालदेखि वयस्क अवस्थाका साथीको कथालाई प्रस्तुत गरिएको छ । स्वदेश होस् या विदेश जो जहाँ भए पनि साथीको मित्रता असल हुन्छ भन्ने सन्देश भिडियोमा छ ।

कुवेर तामाङको निर्देशन रहेको भिडियोमा बुद्ध थापा एण्ड टिमको छायांकन, विवेक सुनारको सम्पादन छ । सेजल एण्ड सिस्टरको प्रस्तुतीमा निर्माण भएको भिडियो सेजल एण्ड सिस्टर युट्युब च्यानलबाट सार्वजनिक हुने कार्यक्रममा जानकारी दिइयो । गीतमा किरण के उप्रेतीको शब्द, पुष्कर सुनुवारको एरेन्ज र संगीत छ ।

कार्यक्रममा गायक यम बरालले गीतको शब्दले आफूलाई तानेकाले गीतमा विश्व नेपालीसँग सहकार्य गरेको बताए । गायक विश्व नेपाली उमेरले भाई भए पनि सिनियर र जुनियर पनि साथी हुन्छन् भन्ने सन्देश दिन गायन सहकार्य गरेको उनको धारणा थियो ।

गायक विश्वले यम बरालको गीत सुनेर आफु हुर्किएको बताउदै यमलाई गुरु मान्दै सहकार्य गर्न पाउँदा खुशी लागेको बताए । कार्यक्रममा भिडियो मोडल भण्डारी र सुवेदीले गीतले आत्मिय साथीको सम्बन्धलाई प्रस्तुत गर्ने भएकाले भिडियो पनि त्यही अनुसार बनेको र दर्शकको भावनालाई प्रतिनिधित्व गर्ने बताए ।

कार्यक्रममा चलचित्र पत्रकार संघका पर्व अध्यक्ष शान्ती प्रिय, चलचित्र कलाकार संघका पुर्व अध्यक्ष रविन्द्र खड्का, कलाकार रवि डंगोल, फिल्म निर्देशक माधव राज खरेल, फिल्म अभिनेता श्रीदेव भट्टराई, रंगकर्मी रामकाजी घिमिरे लगायतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?