जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

अक्षय कुमारलाई कोरोना संक्रमण

काठमाडौँ – बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण भएको छ । अक्षयकुमारले आफूलाई  कोरोना संक्रमण भएकाले अलग बसेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । 

फिल्मको सरफेराको प्रमोशनको क्रममा अक्षयलाई कोरोना संक्रमण भएको बताइएको छ । उनलाई शुक्रबार बिहान कोभिड पोजिटिभ भेटिएको थियो । 

यसअघि २०२२ मा पनि अक्षय फिल्म ‘राम सेतु’ को सुटिङका ​​क्रममा कोरोना संक्रमित भएका थिए । यस अवधिमा अक्षय बाहेक टोलीका अन्य सदस्यहरू पनि कोभिड पोजिटिभ भेटिएका थिए । त्यस अघि २०२१ मा पनि अक्षय कोभिड पोजिटिभ थिए । 

अक्षयकुमारको नयाँ फिल्म ‘सरफिरा’ हिजो शुक्रबार रिलिज भएको छ । यो फिल्म दक्षिणका व्यापारी जीआर गोपीनाथको जीवनमा आधारित छ जसमा अक्षय मुख्य भूमिकामा छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?