जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

आगामी शुक्रबार हनुमान रिलिज हुने, सिनेमा कमाइको केही रकम अयोध्या पठाइने

काठमाडौं – सानो बजेटमा निर्माण भएको दक्षिण भारतीय सिनेमा ‘हनुमान’ले अहिले भारतमा निकै चर्चा पाइरहेको छ । यो सिनेमा आगामी शुक्रबार नेपालमा पनि रिलिज हुँदैछ । भारतीय बक्सअफिसमा प्रशान्त बर्मा निर्देशित सिनेमाले चार दिनमा ५५ करोड भारु कमाएको छ ।

हिन्दीमा मात्र यो सिनेमाले ४ दिनमा १६.१७ करो भारु कमाएको ट्रेड एनालिस्ट तरण आदर्शले उल्लेख गरेका छन् । यो सिनेमालाई ब्यांकटेश इन्टरटेनमेन्टले नेपाल ल्याएको हो । नेपाली वितरक मनोज राठीले नेपालमा सिनेमाले कमाइको केही हिस्सा अयोध्याको राममन्दिरमा पठाउने घोषणा गरेका छन् ।

वितरक राठीले बिक्री भएको एक टिकट बराबर ५ रुपैयाँ अयोध्या पठाउने निर्णय भएको बताए । ‘जनकपुरको जानकी मन्दिरमार्फत अयोध्यामा संकलित रकम पठाउँदैछौं’ राठीले भने, ‘सिनेमा उत्रिसकेपछि एकमुष्ट रकम पठाउन लागिएको हो ।’

सिनेमा चलेबापत दैनिक अयोध्या पठाइने रकम पनि सार्वजनिक गरिने जानकारी पनि उनले दिएका छन् । ‘रामभक्त हनुमानप्रतिको श्रद्धाको कारण हामीले यस्तो पहल लिएका हौं’ वितरक राठीले भने ।

पौराणिक कथामा निर्माण भएको ‘हनुमान’लाई तेलुगूको पहिलो सुपरहिरो सिनेमा भनिएको छ । सिनेमाको भीएफएक्स, ब्याकग्राउन्ड स्कोर र छायांकनको प्रशंसा भइरहेको छ । कम बजेटमा पनि सिनेमामा स्तरीय भीएफएक्स देखिएको छ ।

सिनेमामा तेजा सज्जा, अमृता अय्यर, विनय राय, वरलक्ष्मी सरथकुमार र राज दीपक शेट्टीको पनि मुख्य भुमिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?