जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

रामायणमा कुम्भकर्णको भूमिका खेल्न बबी देओललाई अफर

काठमाडौं – एनिमलको सफलता पछिको खबरहरूका अनुसार निर्देशक नितेश तिवारीको मेगा प्रोजेक्ट रामायणमा खेल्नको लागि बबी देओललाई प्रस्ताव गरिएको छ । उनलाई कुम्भकर्णको भूमिका अफर भएको बताइएको छ ।

ईटाइम्सले छापेको खबरका अनुसार फिल्ममा बबीको कास्टिङको अफवाह चलेपछि अभिनेताको टिमसँग कुराकानी भएको थियो । बबीको टिमले एक्टरले कुम्भकर्णको भूमिका पाएको खबरलाई गलत भनेको बताइएको छ । बबी नितेशको रामायणसँग आबद्ध नरहेको उनीहरूको भनाई थियो ।

खबरका अनुसार रानी कैकेयीको भूमिकाका लागि भने लारा दत्तको नाम फाइनल गरिएको छ । रामायणमा कैकयी राजा दशरथकी तेस्रो पत्नी हुन् । बबीका दाजु सनी देओल पनि यो प्रोजेक्टको हिस्सा हुने अनुमान चलिरहेको छ ।

चर्चाका कारण उनलाई हनुमानको भूमिका अफर भएको छ । नितेश तिवारीको रामायणमा रामको भूमिकामा रणवीर कपूर देखिनेछन् । दक्षिण भारतीय अभिनेत्री साई पल्लवी सिता बन्नेछिन् । फिल्ममा साउथ अभिनेता यश रावण बन्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?