जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

फिल्म ‘माइली’ मा कुसुम अनुबन्धित, कस्तो हुनेछ भूमिका ?

काठमाडौँ– प्रकास सपुतको ‘सकम्बरी’ गीतबाट उदाएकी मोडल कुसुम शर्माले फिल्ममा पनि अभिनय गर्ने भएकी छिन् । उनी म्युजिक भिडिओ हुदै फिल्ममा पनि इन्ट्री गरेकी हुन् ।

छोटो समयमै दुई दर्जन हाराहारी भिडिओमा मोडलिङ गरेकी उनले फिल्म ुबर एण्ड बधूु को छायांकन सकेकी छन्।

उनी फिल्म ‘माइली’ मा पनि अनुबन्धित भएकी छिन् । बाबु साहेब बलामीको कन्सेप्ट र निर्देशनमा निर्माण हुन लागेको फिल्ममा उनी अनुबन्धित भएकी हुन्।

निर्माण टिमले कुसुमको पोस्टरलुक पनि सार्वजनिक गरेको छ। जसमा उनलाई कालो चस्मामा गम्भीर भावमा देखाइएको छ। उनको पृष्ठभूमिमा एक महिलाले केही काम गरिरहेको देख्न सकिन्छ।

यो फिल्ममा कलाकारको लाइनअप पुरा भएको छ। यसअघि प्रियंका कार्की, करिश्मा मानन्धर, कमला घिमिरे, सुष्मा लामा, अंशु महर्जन अनुबन्धित भइसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?