जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

ड्रोन आक्रमणपछि रूसी इन्धन डिपोमा आगलागी

मस्को– युक्रेनी ड्रोन आक्रमणपछि रुसको रोस्तोभ क्षेत्रमा शनिबार एउटा इन्धन डिपोमा आगलागी भएको यसका गभर्नर भासिली गोलुबेभले टेलिग्राममा बताएका छन् । गोलुबेभले टेलिग्राममा ड्रोन आक्रमणपछि सिमल्यान्स्की जिल्लाको पेट्रोल रिफाइनरीमा आगलागी हुँदा कुनै हताहत नभएको उल्लेख गरेका छन् ।

यो क्षेत्र फ्रन्ट लाइनबाट सयौँ किलोमिटर टाढा छ । यसैबीच रुसको रक्षा मन्त्रालयले आफ्ना सेनाले चार युक्रेनी ड्रोन खसालेको घोषणा गरेको छ । दुईवटा रोस्तोभमा, एउटा युक्रेनसँग जोडिएको बेलगोरोड क्षेत्रमा र अर्को उत्तरमा रहेको कुर्स्कमा छन् ।

मस्को र किभ दुवैले ड्रोन प्रयोग गरेका छन्, जसमा फेब्रअरी २०२२ मा सुरु भएको द्वन्द्वमा सयौँ किलोमिटर फैलिएको दायरासहित ठुलो सेल्फ–डिटोनेटिङ क्राफ्ट समावेश छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?