जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

एप्पल विश्वको ठूलो फोन निर्माता बन्न सफल

काठमाडौं – विश्व स्मार्टफोन बजारमा एप्पल ठूलो फोन निर्माता बन्न सफल भएको छ । विश्व स्मार्टफोन बजारमा आधिपत्य जमाउँदै आएको सामसङलाई आईफोन निर्माता एप्पलले उछिनेको छ। योसँगै एप्पल विश्वको ठूलो फोन निर्माता बन्न सफल भएको छ ।

समाचार एजेन्सी बीबीसीका अनुसार १२ वर्षयता पहिलोपटक सामसङले विश्वको ठूलो फोन निर्माताको स्थान गुमाएको हो। गत वर्ष शिपमेन्ट भएका स्मार्टफोनको पाँच भागमध्ये एक भागभन्दा बढी फोन एप्पलका रहेको अन्तर्राष्ट्रिय तथ्यांक निगम ‘आईडीसी’ ले उल्लेख गरेको छ।

सामसङले १९.४ प्रतिशत बजार हिस्सा ओगट्दा चिनियाँ निर्माताहरु साओमी, ओप्पो र ट्रान्सन क्रमशः पछाडि रहेको तथ्यांकले देखाएको छ। कोरोना महामारीका बेला बिक्री बढे पनि त्यसयता स्मार्टफोन बिक्री घटिरहेको छ।

आईडीसीका अनुसार गत वर्ष १.२ अर्ब स्मार्टफोन बिक्री भएका थिए जुन अघिल्लो वर्षभन्दा ३ प्रतिशतले कम हो भने दशकयताकै कम बिक्री हो। आर्थिक चुनौतीसँगै ब्याजदर उच्च हुँदा उपभोक्ताहरुले खर्चमा कडाइ गरिरहेका छन्।

तर विज्ञहरुले भने यस वर्ष स्मार्टफोन बजार मुर्झाउने आशा गरेका छन्। यति हुँदाहुँदै पनि गत वर्ष एप्पलले २३ करोड ४० लाख फोन बिक्री गरेको देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?