जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

मुम्बईबाट बेंग्लोर उडिरहेको विमानको ट्‌वाइलेटभित्र यात्रु १ घण्टा थुनिएपछि

काठमाडौं – भारतमा उडिरहेको विमानको शौचालयमा एक यात्रु एक घण्टा थुनिन पुगेका छन्। भारतको मुम्बईबाट बेंगलुरुतर्फ उडिरहेको स्पाइस जेटको एक विमानको ट्‌वाइलेटभित्र एक जना यात्रु एक घण्टाभन्दा बढी थुनिएका हुन् ।

बीबीसीका अनुसार १०५ मिनेटको उक्त यात्राका क्रममा थुनिएका ती यात्रुलाई विमान अवतरण गरेपछि मात्र उद्धार गरिएको थियो। स्पाइस जेटले उक्त घटनामा क्षमायाचना गरेको छ।

थुनिएका यात्रुबारे भने कम्पनीले थप विवरण खुलाएको छैन। यात्रु थुनिएपछि क्रुमेम्बरले उनलाई आवश्यक सहयोग गरेको कम्पनीको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?