जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

कोलम्बियालाई हराउँदै अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि

काठमाडौँ– अर्जेन्टिनाले कोपा अमेरिका २०२४ को उपाधि जितेको छ । अमेरिकाको फ्लोरिडास्थित हार्ड रक स्टेडियममा भएको खेलमा अर्जेन्टिना र कोलम्बियाबीच रोचक प्रतिस्पर्धा भयो ।

उपाधि जित्न अर्जेन्टिनाले कोलम्बियालाई १–० ले पराजित गर्‍यो । निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

खेलको १ सय ११ औँ मिनेटमा अर्जेन्टिनाका लौटारो मार्टिनेजले गरेको गोल नै निर्णायक बन्यो ।

खेलको ६३ औँ मिनेटमा अर्जेन्टाइन लेजेण्ड लियोनल मेसी घाइते भएपछि केहीबेर खेल रोकिएको थियो भने उनी रुँदै मैदानबाट बाहिरिएका थिए । त्यसपछि अर्जेन्टिनालाई खेलमा थप दबाब परेको थियो ।

यससँगै अर्जेन्टिनाले कीर्तिमानी १६ औँ पटक कोपा अमेरिकाको उपाधि उचालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?