जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

लागूऔषध राखेको आरोपमा र्‍यापर विज खलिफा रोमानियामा पक्राउ

काठमाडौँ – चर्चित अमेरिकी र्‍यापर विज खलिफा लागुऔषधको मुद्दामा पक्राउ परेका छन् ।

  रोमानियामा शनिबार राति ‘बिच प्लिज फेस्टिभल’मा सांगीतिक प्रस्तुति दिँदै गर्दा गाँजा सेवन गरेपछि उनी पक्राउ परेका हुन् ।

अनलाइनमा पोस्ट गरिएको भिडियोमा खलिफालाई रोमानियाली प्रहरीले घेरेको र महोत्सव स्थलबाट बाहिर निकालिएको पनि देखिन्छ ।

‘रिपोर्टका अनुसार १० पटकको ग्रामी अवार्डको मनोनयनमा परेका विज खलिफा र अन्यलाई आइतबार बिहान सोधपुछका लागि हिरासतमा राखिएको थियो । 

रोमानियामा गाँजा राख्नेलाई १० वर्षसम्मको जेल सजाय हुन्छ । तर उनलाई अहिले रिहा गरिसकिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?