जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

अमेरिकाको असफल चन्द्रयान पृथ्वीतर्फ आउँदै,किन बढ्दै छ चिन्ता ?

काठमाडौँ – असफल भएको अमेरिकाको चन्द्रमा मिसनले चिन्ता बढाएको छ । अमेरिकाबाट प्रक्षेपण गरिएको चन्द्रयान बिचमै समस्या आएपछि यो मिसन असफल भएको हो। अब अमेरिकी मून ल्यान्डर पृथ्वीतर्फ फर्किने कुरा बाहिर आएको छ।

यो ल्यान्डर जनसङ्ख्या भएको क्षेत्रमा खस्यो भने यसले नोक्सान पुर्‍याउन सक्छ। यद्यपि ल्यान्डर पृथ्वीको वायुमण्डलमा प्रवेश गर्ने बित्तिकै जल्ने वैज्ञानिकहरूको अनुमान छ।

वैज्ञानिकहरूको टोलीले यो अन्तरिक्ष यानमाथि नजर राखिरहेको छ। हाल यो पृथ्वीबाट करिब ४ लाख किलोमिटर टाढा छ।

५० वर्षपछि अमेरिकाले चन्द्रमा प्रक्षेपण गरेको यो यानले प्रक्षेपणको केही घण्टा पछि खराबीको रिपोर्ट गर्न थाल्यो। ल्यान्डरबाट लगातार इन्धन चुहिरहेको थियो, जसका कारण ल्यान्डर चन्द्रमामा पुग्ने सम्भावना समाप्त भएको थियो।

 मिसनका लागि नासाले १० करोड डलर खर्च गरेको थियो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?