जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

मोडल वाच

बोल्ड पूजा (फोटो फिचर)

कुबेर डंगोल
0
Shares

काठमाडौँ– पूजा शर्मा नेपालकी चर्चित अभिनेत्री तथा मोडल हुन् । सिन्धुपाल्चोकमा जन्मिएकी पूजा युवापुस्तामाझ लोकप्रिय छिन् । उनले फिल्म ‘थ्री लभर्स’ बाट नेपाली रजतपटमा डेब्यु गरेकी थिइन् । त्यसपछि उनले मधुमास, अझै पनि लगायतका फिल्ममा अभिनय गरिन् ।

त्यसपछि उनले फिल्म ‘प्रेम गीत’ बाट एकाएक चर्चा बटुलिन् । यो फिल्मबाट उनको चर्चा चुलियो ।

साथै उनले रामकहानी, म यस्तो गीत गाउँछु, सम्हालिन्छ कहिले मन, दान्भी लगायत कैयन् फिल्ममा काम गरेकी छिन् । फिल्म निर्माणमा समेत सक्रिय पूजाले आफ्नै होम प्रोडक्सनका फिल्ममा बढी देखिन्छिन् ।