जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

एसियन कप फुटबल : कतार अन्तिम १६ मा प्रवेश

काठमाडौँ – लगातार दुई जित निकाल्दै आयोजक कतार एएफसी एसियन कपको अन्तिम १६ मा प्रवेश गरेको छ ।

घरेलु मैदानमा बुधबार भएको खेलमा ताजिकिस्तानलाई १–० ले हराउँदै कतारले एसियन कपको अन्तिम १६ को यात्रा तय गरेको हो । 

अल बायत स्टेडियममा भएको खेलमा कतारका लागि अक्रम अफिफले एक मात्र गोल गरे । उनले १७औँ मिनेटमा गरेको गोल नै निर्णायक बनेको हो ।

कतारका लागि अक्रम अफिफले १७औँ मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । योसँगै कतार एक खेलअघि नै समूह ए को विजेता बन्ने पक्का भएको छ ।

२ चरणको खेलपछि समूह ए मा उसको ६ अंक रहेको छ । चीनको २ अङ्क तथा ताजिकिस्तान र लेबनान समान १-१ अंकको छ ।

कतारले अब समूहको अन्तिम खेलमा चीनसँग खेल्नेछ भने एसियन कपमा २४ टोली सहभागी छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?