बलिउडमा कमब्याक गर्दै पाकिस्तानी सुपरस्टार फवाद खान

काठमाडौँ – पाकिस्तानका सुपरस्टार हुन् फवाद खानले बलिउडमा पुनरागमन गर्ने भएका छन् ।

उनी कार्तिक आर्यन स्टारर फिल्म ‘भूल भुलैया ३’ मा देखिने खबर बाहिरिएको छ। ८ वर्षपछि बलिउडमा कमब्याक गर्ने लागेका उनी यस फिल्ममा केमियो रूपमा देखिने चर्चा छ ।

सन् २००७ मा पहिलो भाग प्रदर्शन भएको ‘भूल भुलैया’को पहिलो सिक्वेल सन् २०२२ मा प्रदर्शन भएको थियो। 

अनिस बज्मीले निर्देशन गरिरहेको फिल्म‘ भूल भुलैया ३’ तृप्ति डिमरी, विद्या बालन, माधुरी दीक्षितलगायत कलाकारको अभिनय रहनेछ।
फवाद खानको कुरा गर्दा उनी सन् २०१६ मा रणबीर कपूरको फिल्म ‘ऐ दिल है मुश्किल’ मा देखिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?