जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

अफ्रिका कप अफ नेसन्समा मोरक्कोकाे विजयी सुरुआत

काठमाडौँ – अफ्रिका कप अफ नेसन्समा मोरक्कोले विजयी सुरुआत गरेका छ । बुधबार भएको खेलमा मोरक्कोले तान्जेनियालाई ३–० ले पराजित गरेको हो । 

उपाधि दाबेदार मोरक्कोलाई जित दिलाउन रोमेन साइस, अज्जेदिन ओनाही र युसुफ एन नेसिरीले गोल गरे । जितसँगै समूह ‘एफ’ को मोरक्कोले तीन अङ्क जोडेको छ । 

आइभोरी कोस्टको स्टेड डी सान पेड्रोमा भएको खेलमा ३० औं मिनेटमा साइसको गोलमार्फत मोरक्कोले अग्रता लिएको थियो । ७७ औं मिनेटमा ओनानीले टोलीको अग्रता दोब्बर बनाए ।

तीन मिनेटपछि नै नेसिरीले १ गोल थप्दै मोरक्कोलाई  ३–० को सहज जित दिलाए । 

यता तान्जेनियाले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ । ७० औं मिनेटमा नोभाटस मिरोशीले दोहोरो पहेँलो कार्ड बेहोर्दै मैदान छाडेपछि तान्जेनिया भने १० खेलाडीमा समेटिएको थियो ।

यही समूहको अर्को खेलमा डेमोक्रेटिक रिपब्लिक अफ कंगो र जाम्बिया ११ को बराबरीमा रोकिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?