जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

मुम्बई एयरपोर्टको धावनमार्गमै बसेर यात्रुले खाना खाएपछि..

काठमाडौँ – मुम्बई एयरपोर्टको धावनमार्ग मै बसेर यात्रुले खाना खाएपछि एयरलाइन्स कम्पनी इन्डिगो र मुम्बई एयरपोर्टलाई जरिवाना तिराइएको छ ।

यो विषय खाना खाई रहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि बाहिर आएको हो । 

भिडिओ क्लिपमा केही यात्रु धावनमार्गमा बसेको देखिन्छन् भने तीमध्ये केही मानिस खाना खाँदै गरेको पनि देखिएको छ ।

भिडियो भाईरल भएपछि  यो विमानस्थल सुरक्षाका दृष्टिले संवेदनशील विषय भएकाे भन्दै केन्द्रीय नागरिक उड्डयन मन्त्री ज्योतिरादित्य सिन्धियाले सोमबार राति मन्त्रालयका सबै अधिकारीहरूसँग बैठक नै गरेका थिए । 

त्यसपछि इन्डिगो र मुम्बई एयरपोर्टलाई कारण देखाऊ नोटिस जारी गरिएको थियो भने तोकिएको समयभित्र जवाफ नदिए कारबाही हुने र आर्थिक जरिवाना समेत हुने समेत जानकारी गराइएको थियो। 

जस अनुसार उड्डयन नियामक ‘ब्युरो अफ सिभिल एभिएसन सेक्युरिटी’ ले इन्डिगोलाई १ करोड २० लाख रुपैयाँ भारु जरिवाना लगाएको हो । 

त्यस्तै मुम्बई एयरपोर्टको व्यवस्थापन गर्ने एमआईएएललाई कूल ९० लाख रुपैयाँ जरिवाना गरिएको छ।

आइतबार गोवा–दिल्ली उडान ढिलो भएपछि यसलाई मुम्बई एयरपोर्टमा डाइभर्ट गरिएको थियो। त्यही उडानमा आएका यात्रुहरूले नै धावनमार्गमा खाना खाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?