महिला एसिया कप: पाकिस्तानमाथि भारत ७ विकेटले विजयी

काठमाडौँ – जारी महिला एसिया कपमा भारतले विजयी शुरुवात गरेको छ ।

समूह ए अन्तर्गतको खेलमा भारतले पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो । पाकिस्तानले दिएको १०९ रनको लक्ष्य पछाएको भारतले १४.१ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

यस अघि पाकिस्तानले १९.२ ओभरमा अल आउट हुदै केवल १०८ रन बनाएको थियो ।

यस अघि शुक्रबार नै सम्पन्न समूह अन्तर्गतको खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको थियो ।

अब भारतले अर्को खेल आइतबार युएईसँग खेल्ने छ भने आइतबार नै पाकिस्तानले नेपालसँग खेल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?